७ मंसिर २०८१, शुक्रबार

प्रतिनिधिसभामा बजेटमाथिको छलफल सकियो, भोलि अर्थमन्त्रीले जवाफ दिने


प्रतिनिधिसभा

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभामा बजेटमाथिको छलफल आज सकिएको छ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल आइतबार सकिएको हो ।

प्रतिनिधिसभामा बजेटमाथि आजसम्म सांसदले बोल्ने कार्यक्रम रहेकोले सोहीअनुसार आजदेखि बजेटमाथिको छलफल सकिएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

आजसम्म बैठकमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि जेठ २९ गते दिने भएका छन् । भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !