१२ असार २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुद्वारा पशुपतिनाथको दर्शन (फोटो फिचर)


प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पशुपतिनाथको दर्शन गरेका छन् । आज शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड र केही मन्त्रीले पशुपतिनाथको दर्शन गरेका हुन् ।

उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए । प्रधानमन्त्री प्रचण्डले आज साँझ पशुपतिनाथको दर्शन गर्नुका साथै निरीक्षण अवलोकन पनि गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेका हुन् ।

उनलाई उक्त क्षेत्रको पुरातात्त्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले जानकारी गराएका थिए । प्रधानमन्त्री प्रचण्डले विश्व सम्पदाका रूपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरे धार्मिक पर्यटनमा ठुलो टेवा मिल्ने बताए ।

प्रधानमन्त्री प्रचण्डद्वारा पशुपतिनाथको दर्शन प्रधानमन्त्री प्रचण्डद्वारा पशुपतिनाथको दर्शन प्रधानमन्त्री प्रचण्डद्वारा पशुपतिनाथको दर्शन प्रधानमन्त्री प्रचण्डद्वारा पशुपतिनाथको दर्शन प्रधानमन्त्री प्रचण्डद्वारा पशुपतिनाथको दर्शन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !