१३ आश्विन २०८१, आइतबार

प्रतिनिधिसभाको आज बस्ने बैठकमा पनि बजेटमाथिको छलफल जारी रहने


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

प्रतिनिधिसभाको आज बस्ने बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

बजेटमाथिको छलफल गत सोमबारबाट प्रारम्भ भएको हो । छलफलको क्रममा प्रतिपक्षी सांसद्हरुले करको दर हेरफेरमा चलखेल भएको भन्दै विरोध गरेका थिए भने अर्थमन्त्री डा. प्रकाशशरण महतले भने बजेटको बचाउ गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !