१३ आश्विन २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रियसभामा सम्बोधन गर्दै


प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा राष्ट्रियसभाको बैठक आज बिहान ११ बजेर ११ मिनेटमा सुरु हुने भएको हो ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअनुसार राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु