८ मंसिर २०८१, शनिबार

रास्वपा सांसदले बोलेको ‘भैँसी चढेर आएको’ शब्दावली हटाउन सभामुखको निर्देशन


देवराज घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले बोलेको प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ शब्दावली रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीलाई प्रश्न गर्ने क्रममा खनालले ‘भारतबाट प्रधानमन्त्री प्लेनबाट पोखरा आउनुहुन्छ होला भनेको भैँसी चढेर आउनुभयो’ भनेपछि माअ‍ोवादी सांसदले नियमापत्ति गरे प्रतिनिधिसभाको बैठकमा हंगामा मच्चिएको हो ।

जेठ १७ देखि २१ गतेसम्मको चार दिने भ्रमणलाई लिएर प्रधानमन्त्री प्रचण्ड प्रतिपक्षी दलको घेराबन्दीमा परेका हुन् । सोमबारको संसद् बैठकमा पनि प्रधानमन्त्रीको भ्रमणलाई लिएर प्रतिपक्षीहरुले प्रश्न उठाइरहेका छन् ।

माओवादी प्रमुख सचेत हितराज पाण्डेले सांसद खनालको भनाइमा नियमापत्ति जनाउँदै यो शब्द अमर्यादित भएको बताए । उनले प्रधानमन्त्री भैंसी चढेर आएको शब्द संसदको मर्यादाविपरीत हुने भन्दै त्यसलाई रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग आग्रह गरेका थिए ।

उक्त शब्दलाई लिएर माओवादी सांसदहरुको आपत्तिपछि सभामुख घिमिरेले संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । त्यसलाई लिएर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले आपत्ति प्रकट गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !