७ मंसिर २०८१, शुक्रबार

शान्ति प्रक्रिया टुंग्याउने विषयमा चीनले चासो देखाएको छ : अग्नि सापकोटा


अग्निप्रसाद सापकोटा फाइल फोटो

काठमाण्डाै । पूर्वसभामुख समेत रहेका सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले शान्ति प्रक्रियाको बाँकी रहेका काम टुंग्याउने विषयमा चीन सरकारले चासो देखाएको बताएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण सकेर फर्किएको प्रतिनिधिमण्डलले आज शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उनले सो जानकारी हुन् ।

पत्रकार सम्मेलनमा सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षम पुर्‍याउने कुरामा चीन सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता भ्रमणका क्रममा गरेको बताए । उनले चीन सरकारबाट धेरै कुरा सिक्न बाँकी रहेको पनि बताए ।

उनले चीन र नेपाल सम्बन्धलाई मैत्रीपूर्ण बनाउन, सौहाद्र र घनिष्ठ बनाउँदा विश्व राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उपाध्यक्ष सापकोटाले भेटमा नेपाल र चीन नाका सुव्यवस्थित रूपमा सञ्चालन गर्ने कुरामा पनि छलफल भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !