१३ आश्विन २०८१, आइतबार

भारत भ्रमणबारे परामर्श लिन प्रधानमन्त्रीद्वारा पूर्वप्रधानमन्त्रीसहितको बैठक आब्हान


प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणबारे राजनीतिक परामर्श गर्दै छन् । प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा भारत भ्रमणबारे राजनीतिक परामर्श गर्न आज आइतबार दिउँसो २ बजे पूर्वप्रधानमन्त्री, दलका नेता र पूर्व परराष्ट्रमन्त्रीलाई बैठकमा बोलाएका हुन् ।

सो छलफल लगत्तै प्रधानमन्त्री प्रचण्डले दिउँसो ३ः३० बजे कुटनैतिक परामर्श पनि गर्ने उनको सचिवालयले जनाएको छ । छलफलका लागि पूर्व परराष्ट्र सचीव, भारतका लागि पूर्व राजदुतहरु र विज्ञहरुलाई बोलाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि २० गतेसम्म भारत भ्रमण गर्ने औपचारिक कार्यतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा सो भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीसँग भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु