१४ बैशाख २०८१, शुक्रबार

सांसद मञ्जु खाँणले टेकु पुगेर भेटिन् श्रीमान् बालकृष्णलाई


बालकृष्ण खाँण र मञ्जु खाँण

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद मञ्जु खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रहेका नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई भेटेकी छन् ।

उनले आज सोमबार बिहान टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा पति खाणसँग भेटघाट गरेकी हुन् ।

खाँण गत वैशाख २७ गते काठमाडौंको चावहिलको मैजुबहालस्थित आफ्नो निजी निवासबाट पक्राउ परेका थिए । सो प्रकरणमा मञ्जुमाथि समेत आरोप लागेपनि पुष्टि नभएर उनी भने पक्राउ परेकी छैनन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन आज सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउदै छ । उक्त प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !