१२ श्रावण २०८१, शनिबार

प्रतिनिधिसभा र राष्ट्रियसभामा आज पनि नीति कार्यक्रममाथि छलफल जारी


संघीय संसद फाइल फोटो

काठमाडौं । संघीय संसदका दुवै सदनमा नीति कार्यक्रममाथिको छलफल आज पनि जारी रहने भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।

गत शुक्रवार सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजको बैठकमा छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममाथि सांसद्हरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !