१० मंसिर २०८१, सोमबार

राष्ट्रपति रामचन्द्र पौडेल पुगे संसद भवन नयाँवानेश्वर


राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद भवन नयाँवानेश्वर पुगेका छन् । आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसद भवन नयाँवानेश्वर पुगेका हुन् ।

राष्ट्रपति पौडेल आज संसद भवन जाँदा सडक अवरुद्ध गरिएन । संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रमको सम्बोधनका लागि राष्ट्रपति पौडेल जाँदा सर्वसाधारणको आवागमनमा रोक पनि लगाइएन ।

राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन जाँदा नागरिकलाई सास्ती हुने भएकाले कुनै तामझाम नगर्न निर्देशन दिएपछि सर्वसाधारणलाई नरोकिने र सडक अवरुद्ध पनि नगरिएको हो ।

यसअघिका राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन जाँदा राष्ट्रपति भवनदेखि नयाँ बानेश्वरसम्मकै सडक खाली गरिने गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !