१२ असार २०८१, बुधबार

भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै


एकीकृत समाजवादी फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले आज भ्रष्टाचारविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गर्दै छ । एकीकृत समाजवादीले आज दिउँसो ३ बजे काठमाडौंको माइतीघरमा भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गर्ने भएको हो ।

एकीकृत समाजवादीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन गर्ने भएको हो । सोही विषयमा उक्त पार्टीका नेताले हिजो उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र समेत बुझाएका थिए ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि आज दिउँसो काठमाडौंको वसन्तपुरमा भ्रष्टाचारविरुद्ध विरोध सभा गर्ने भएको हो । विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्ने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !