२२ भाद्र २०८१, शनिबार

कांग्रेसले बालकृष्ण खाँणलाई तत्काल निलम्बन गर्नुपर्छ : गगन थापा


गगन थापा फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने दोहोर्याएका छन् ।

आज बुधबार काठमाडौंमा प्रजातन्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा नाम जोडिएका कांग्रेस नेता बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने माग गरेका हुन् ।

कुनै पदमा बसेको मान्छे, प्रहरी, अदालत, निजामति कर्मचारी कहिँ पनि अभियोग लागेपछि स्वतः निलम्बन हुने भएकाले पार्टीले नेता खाणलाई निलम्बन गर्नुपर्ने थापाको तर्क थियो । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी कतै पनि जोडिन नहुने बताएका हुन् ।

थापाले अनुसन्धानमा पार्टी जोडिनु नहुने बताउँदै दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्नेमा जोड दिएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिने सबैलाई कारबाही हुनुपर्ने भन्दै यसमा दायाँबायाँ गर्न नहुनेमा उनले जोड दिए ।

पार्टीमा दाग लागे उनीहरुलाई निकालेर बाँकी रहेकालाई अगाडि बढाउनुपर्ने उनले बताए । महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको अपराध भएको उल्लेख गरे । उनले कुनै पनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नहुन्जे स्वतः निलम्बनमा पर्ने बताए ।

थापाले हिजो मंगलबार साँझ मात्र एक प्रेस विज्ञप्ति जारी गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणको भ्रष्टाचारमा नाम मुछिएका पार्टीका नेताहरुको भारी पार्टीले बोक्न नहुने भन्दै गम्भीर आरोप लागेकालाई तत्काल निलम्बन गर्नुपर्ने बताएका थिए । थापाले उक्त प्रकरणमा मुछिएका खाँणको पक्राउमा पार्टी संलग्न नहुने स्पष्ट पारेका थिए ।

यो पनि पढ्नुहोस्

पार्टीले भ्रष्टाचारीको भारी बोक्न हुँदैन, तत्काल निलम्बन गर्नुपर्छ : गगन थापा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !