२४ बैशाख २०८१, सोमबार

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र बाबुरामबीच भेटवार्ता


प्रचण्ड र भट्टराई फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो ।

बालुवाटार स्रोतका अनुसार भेटमा भुटानी शरणार्थी प्रकरणलगायत देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताएको छ । भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निकृष्ट अपराधको संज्ञा दिँदै आएका छन् ।

सर्वाेच्च अदालतले पनि सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी रिहा नहुने फैसला गरेपछि पूर्वप्रधानमन्त्री भट्टराईले बुधबार बिहान सामाजिक सञ्जाल लेख्दै विरोध गरेका छन् ।

उक्त निर्णयप्रति आक्रोश पोख्दै डा. भट्टराईले अदालत र न्यायाधीशले पुराना/विद्यमान कानुन, नजिर, सोच राखेर ‘अपराध’को परिभाषा गर्ने र अपराधीलाई दण्ड सुनाउँने गरेको भनेर आक्रोश व्यक्त गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !