१२ श्रावण २०८१, शनिबार

रविलाई एकपछि अर्को लफडा, सर्वोच्चद्वारा अमेरिकी राहदानी त्यागेको निस्सा माग


रवि लामिछाने र सर्वोच्च अदालत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अव त अनेक मुद्धाबाट लफडा हटेको हो कि भन्ने सेलाउन नपाउदै फेरि अर्को लफडा आइलागेको छ ।

नेपालमा परम्परागत राजनीतिक दलप्रति बितृष्णा पैदा भएर वाक्कदिक्क भएका नेपाली नागरिकले खोजेको बैकल्पिक राजनीतिको शक्ति केन्द्रका रुपमा उदाएका लामिछानेलाई विभिन्न आरोप र मुद्धाले अझै नछोडेको हो ।

रास्वपाका सभापति लामिछानेसँग सर्वोच्च अदालतले आज अमेरिकी नागरिकता त्यागेको निस्सा माग गरेको छ । निवेदक युवराज पौडेलको निवेदनका आधारमा सर्वोच्चले जिल्ला प्रशासन कार्यालय, बबरमहल र अध्यागमन विभाग, कालिकास्थानलाई पत्र लेख्दै राहदानी त्यागेको प्रमाण उपलब्ध गराउन माग गरेको हो ।

यसअघि लामिछानेले नेपालको नागरिकता पुनः लिने क्रममा जिल्ला प्रशासन कार्यालयमा पेस गरेको अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गर्न सर्वोच्चले चैत्र २२ गते आदेश दिएको थियो ।

लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ता दिनमणि पोखरेल तथा महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध युवराजले दायर गरेको रिट निवेदनमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालले जारी गरेको आदेशमा अमेरिकी नागरिकता त्यागेको निस्सा झिकाउन आदेश भएको थियो ।

न्यायाधीश फुयालको इजलासले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउनुको कारण पनि मागेको थियो । फुयालको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयलाई मुद्दा नचलाउनुको कारण मागेको थियो भने आज सर्वोच्चले जिल्ला प्रशासन कार्यालय र अध्यागमन विभागलाई पत्र लेख्दै राहदानी त्यागेको प्रमाण उपलब्ध गराउन माग गरेको हो ।

यस्तो छ हेर्नुहोस् सर्वोच्च अदालतले लेखेको पत्र

यस्तो छ हेर्नुहोस् सर्वोच्च अदालतले लेखेको पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !