७ असार २०८१, शुक्रबार

सरकारको निर्णय : मुकेश कायस्थलाई शहीद घोषणा गर्ने


मुकेश कायस्थ

काठमाडौँ । सरकारले मुकेश कायस्थलाई शहीद घोषणा गर्ने भएको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२/६३ को जनआन्दोलनका घाइते कायस्थलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनआन्दोलनका घाइते कायस्थलाई शहीद घोषणा गर्ने निर्णय गरेको जानकारी दिएकी हुन् । कायस्थको गत बैशाख २७ गते बुधबार राति निधन भएको थियो ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बासिन्दा जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए । घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो । स्वास्थ्यमा थप समस्या भएपछि कायस्थलाई बनेपास्थित शिरमेमोरियल अस्पताल भर्ना गरिएको थियो । सो अस्पतालमै उनको निधन भएको थियो ।

जनआन्दोलनताका कायस्थ बनेपाकै विद्यासागर स्कुलमा कक्षा ८ मा पढ्दै थिए । लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते उनी बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते भएका थिए । त्यस दिनदखि उनको अचेत थिए ।

कायस्थको बायाँ हात सोत राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भए पनि टाउकोमा गहिरो घाउ थियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएपछि ओछ्यानमा थला परेका कायस्थलाई ‘ज्यूँदो सहिद’ भन्ने गरिन्थ्योे ।

विसं २०६२/६३ को अनआन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका चार युवाले ज्यान गुमाएका थिए । सो आन्दोलनमा नालाका भीमसेन दाहालले कास्कीको पोखरामा, पनौतीका सगुन ताम्राकारले काठमाडौँको कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवरले बनेपामा तथा नागे्र गगर्चेका सुनिलकुमार लामाले काठमाडौँको जोरपाटीमा ज्यान गुमाएका थिए ।

सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताएका थिए । दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई बैशाख २८ गते बिहिबार सम्बोधन गर्दै उनले मुकेशलाई शहीद घोषणा गर्ने बताएका थिए ।

यो पनि पढ्नुहोस्

मुकेश कायस्थलाई शहीद घोषणा गरिन्छ : मन्त्री मोदी

जनआन्दोलनका ‘ज्यूँदो सहिद’ मुकेश कायस्थको निधन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !