३१ भाद्र २०८१, सोमबार

एमालेको स्थायी कमिटी बैठक आज बस्दै


एमाले स्थायी समिति बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित एमाले मुख्यालयमा एमालेको स्थायी कमिटी बैठक आज बिहान ८ बजेका लागि बोलाइएको हो ।

हिजो बस्ने भनिएको स्थायी कमिटी बैठक आजका लागि सरेको हो । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले हिजो दिउँसो ३ बजे बस्ने भनिएको बैठक सरेको जानकारी दिए ।

केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !