काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । कांग्रेसको पूर्वपदाधिकारीसहितको पदाधिकारी बैठक बस्नुअघि सभापति देउवाले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।
सभापति देउवाले कांग्रेसका उपसभापति समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्कालाई संगै लगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । कांग्रेस पदाधिकारी बैठक आज दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा बस्दै छ ।
काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्न कांग्रेसको पूर्वपदाधिकारीसहितको पदाधिकारीको बैठक बस्न लागेको हो ।
आज बैठकमा नक्कली शरणार्थी प्रकरणलगायत विषयमा छलफल हुनेछ । बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्न प्रस्ताव गरेका थिए ।