२६ बैशाख २०८१, बुधबार

प्रतिनिधिसभामा अध्यादेश पेश


धनराज गुरुङ् फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभामा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सो अध्यादेश पेश गरेका हुन् ।

यही वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट सो अध्यायदेश जारी भएको थियो । सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !