२५ बैशाख २०८१, मंगलबार

मन्त्री साउद बेलायतका राजा चार्ल्सको राज्याभिषेक समारोहमा सहभागी


एनपी साउद

लण्डन । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी भएका छन् । वेस्टमिन्स्टर एबेमा शनिबार आयोजित विशेष समारोहमा मन्त्री साउद सहभागी भएका हुन् ।

उनी शनिबार साँझ बकिंघम प्यालेसमा विदेशी प्रतिनिधिका लागि आयोजना गरिएको स्वागत समारोहमा पनि सहभागी भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

सो अवसरमा मन्त्री साउदले समारोहमा उपस्थित विशिष्ट व्यक्तित्वसँग भेटघाट गरेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !