२२ भाद्र २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले समसामयिक राजनीतिक विषयका साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल भएको बताए ।

छलफलपछि एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति पाउन नहुने बताए । एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसमेत सो प्रकरणमा जोडिएपछि अध्यक्ष ओलीले निर्दोष फस्न नहुने र दोषीले उन्मुक्ति पाउन नहुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !