६ जेष्ठ २०८१, आइतबार

भारतमा उपचार गर्दा भएको खर्च आफैँ बेहोर्ने राष्ट्रपति पौडेलको चाहना


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्ने चाहना राखेको छन् । सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे तीव्र आलोचना भएपछि राष्ट्रपति पौडेलले व्यक्तिगत खर्चमै उपचार गर्ने चाहना राखेका हुन् ।

राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वंमले बेहोर्न चाहेको जानकारी दिएका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतमा गरेको उपचार खर्च आफैं ब्यहोर्ने घोषणा गर्न राष्ट्रपति पौडेललाई सुझाव दिएका थिए । हिजो सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रपति पौडेलको उपचारमा सरकारी ढुकुटीको रकम खर्च हुन नहुने बताएका थिए ।

गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने बताएका थिए । उनले राष्ट्रपति पौडेललाई उपचार खर्च आफै व्यहोर्छु भनेर सार्वजनिक गर्न आग्रहसमेत गरेका थिए ।

राष्ट्रपति पौडेल ११ दिन स्वास्थ्य उपचार गरेर गत आइतबार नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका थिए । उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार भएको थियो ।

यस्तो छ हेर्नुहोस् राष्ट्रपतिको स्वकीय सचिवालयले निकालेको प्रेस नोट

 राष्ट्रपति पौडेलको घोषणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु