१४ बैशाख २०८१, शुक्रबार

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लिए सपथ


डिल्लीबहादुर चौधरी

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी आज सपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई आज पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

आठ दलीय गठबन्धनको तर्फबाट ५३ जना संसदको हस्ताक्षरसहित कांग्रेसका नेता चौधरी हिजो नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

कांग्रेस र माओवादी केन्द्रसहित आठ दल र एक स्वतन्त्र गरी ५३ सांसदले चौधरीको समर्थनमा चौधरी मुख्यमन्त्री नियुक्त थिए । उनलाई नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको छ ।

शपथग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरीसहित गठबन्धनमा रहेका राजनीतिक दलका नेता कार्यकर्ता सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !