६ जेष्ठ २०८१, आइतबार

आज बस्ने प्रतिनिधिसभाको बैठकमा विषयगत समिति गठनको प्रस्ताव गरिने


प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठकआज दिउँसो १ बजे बस्ने भएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा विषयगत समिति गठनको प्रस्ताव गर्ने रहेको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम दशवटा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु