११ श्रावण २०८१, शुक्रबार

राष्ट्रिय सभाको बैठक किन १४ मिनेटका लागि स्थगित गरियो ?


राष्ट्रिय सभाको बैठक

काठमाडौं । राष्ट्रिय सभाको बैठक १४ मिनेटका लागि स्थगित भएको छ । बैठकमा नेकपा (एमाले) का सांसदहरुले अर्थ मन्त्रालसँग सम्बन्धित जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल चलिरहँदा अर्थमन्त्रीले सदनको गरिमालाई घटाएर बैठकमा अनुपस्थित भएको भन्दै बैठक अवरुद्ध गरेपछि बैठक १४ मिनेटको लागि स्थगित हुन पुगेको हो ।

जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफल शुरु हुन लाग्दा नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्रालयसँग सम्बन्धीत जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफल चलिरहँदा सदनलाई अवमूल्यन गर्दै अर्थमन्त्री बैठकमा उपस्थित नभएको भन्दै सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई दुई पटक ध्यानाकर्षण गराएका थिए ।

अध्यक्ष तिमिल्सिनाले अर्थमन्त्री आधा घण्टा पछि बैठकमा उपस्थित हुने तथा सरकारका अन्य मन्त्रीहरुले उक्त विषयमा टिपोट गरिरहेको बताउँदै एमालेका सांसदहरुलाई आसन ग्रहण गरी सदन सुचारु गर्न आग्रह गरेका थिए ।

सभाध्यक्षको पटक पटकको आग्रह पछि पनि एमालेका सांसदहरुले बैठकमा उभिएर विरोध नै जारी राखेपछि सभाध्यक्ष तिमिल्सिनाले बैठक १४ मिनेटका लागि स्थगित गरेका हुन् ।

त्यस अघि बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद मदनकुमारी शाह (गरिमा) ले अर्थ मन्त्रालयसँग सम्बन्धित जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !