७ मंसिर २०८१, शुक्रबार

ईश्वर पोखरेल भन्छन् – बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता देखियो


ईश्वर पोखरेल फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मनमोहन अधिकारीको २४औँ स्मृति दिवसको अवसरमा ललितपुरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार र कामहरूबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने बताए । राष्ट्रिय शक्ति निर्माण गर्दा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

उनले वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको बताए । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता र देश बनाउने नेतृत्व नेकपा एमालेले गरिरहेको बताए । उनले वर्तमान गठबन्धन सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्रको मूल्य मान्यताविपरित रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !