काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीमाथि भएको चौतर्फी प्रहार र लान्छानाको जवाफ चितवन निर्वाचन क्षेत्र नम्बर २ का मतदाताले दिएको बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा आज बिहानै लेख्दै लामिछानेले आफूलाई दोस्रो पटक विजयी गराउने चितवन-२ का मतदातालाई धन्यवाद दिंदै थपिएको मत थपिएको जिम्मेवारी भएकोले आफूहरु सिधै काममा लाग्न चाहेको पनि बताएका छन् ।
सबैमा एकमुष्ठ धन्यवाद । थपिएको मत थपिएको जिम्मेवारी हो। आज इक्छाकामना क्षेत्रमा केही कार्यक्रम पछि, कहि पनि बधाई कार्यक्रम नराखिदिनु होला। हामी सिधै काममा लाग्न चाहन्छौं। pic.twitter.com/JwoKNqx2kY
— Rabi Lamichhane (@hamrorabi) April 26, 2023