७ मंसिर २०८१, शुक्रबार

तनहुँ-१ मा डा. स्वर्णिम वाग्लेले कटाए २२ हजार मत


डा. स्वर्णिम वाग्ले फाइल फोटो

दमौली । तनहुँ क्षेत्र नं १ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ । तनहुँ-१ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डा. स्वर्णिम वाग्ले जित सुनिश्चितको बाटोतर्फ उन्मुख हुँदै २२ हजार मत कटाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार वाग्लेले २२ हजार २६० मतसहित फराकिलो अग्रता बनाएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ९११ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका छन् । यस्तै नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार ५९५ मत मात्रै प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।

गत मंसीर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । कूल १ लाख २३ हजार २०५ मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !