८ मंसिर २०८१, शनिबार

चितवन-२ मा रवि लामिछानेलाई १५ सय मतको अग्रता


रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी फाइल फोटो

चितवन । चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ । चितवन-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले सुरुवाती अग्रता लिएपछि अहिले उनी पछि परेका छन् । अहिले चितवन-२ मा लामिछाने १ हजार ५ सय मतको अग्रता लिएका हुन् ।

पछिल्लो मतपरिणामअनुसार लामिछानेले ३६०२ मतसहित अग्रस्थानमा रहेका छन् । यस्तै एमालेका न्यौपाने २०८२ मतसहित दोस्रो स्थानमा छन् भने तेस्रोमा कांग्रेसका जितनारायण श्रेष्ठले १४९४ मत ल्याएका छन् । चितवन-२ मा ७८ हजार २७७ मत खसेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !