३१ भाद्र २०८१, सोमबार

तनहुँ-१ जित सुनिश्चितको बाटोमा डा. स्वर्णिम वाग्ले


डा. स्वर्णिम वाग्ले

दमौली । तनहुँ क्षेत्र नं १ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ । तनहुँ-१ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डा. स्वर्णिम वाग्ले जित सुनिश्चितको बाटोतर्फ उन्मुख भएका छन् ।

३७ हजार ८४९ मत गणना हुँदा वाग्लेले १९ हजार २४९ मतसहित फराकिलो अग्रता बनाएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ११ हजार २७९ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका छन् ।

यस्तै नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार १५२ मत मात्रै प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् । तनहुँ-१ मा हिजो भएको उपनिर्वाचनमा ६३ हजार मत खसेकोमा हालसम्म २६ वटा वडाको मत गणना सम्पन्न भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !