१२ आश्विन २०८१, शनिबार

जनैमा चावी बोक्ने राष्ट्रवादले देशको हित गर्दैन : मन्त्री किराती


सुदन किराती फाइल फोटो

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले जनैमा चावी भिर्ने राष्ट्रवादले देशको हित नगर्ने बताएकाछन् । नेपाल पर्वतीय प्रतिष्ठानले मन्त्रलयमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् ।

माउन्टेन एण्ड माउन्टेरिङ साइन्सको अध्यापन प्रारम्भ कार्यक्रममा बोल्दै देशको नीति झन्झटिलो रहेको उदाहरण केही लिनका लागिे केही त्याग गर्नुपर्ने बताएका हुन् । जनतामा आम निराशा छाएको छ खोक्रो र उग्र राष्ट्रवादले मात्रै देशको आर्थिक उन्नती नहुने समेत किरातीले बताएका हुन् ।

देशमा गणतन्त्र आएपनि सँस्थागत हुन नसक्दा पुरानै कानुनलाई टेकेर घिर्सिनु पर्ने बाध्यता रहेको छ । अबकोे नितिमा कुनै अल्झन हुनुहुँदैन आम नागरिकले फटाफट नतिजा खोजेका छन् तर पुराना नितिले जनतालाई राहत भन्दा सास्ती दिइरहेको मन्त्री किरातीको धारण रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !