१३ असार २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा छलफल


प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई शीर्ष नेताबीच छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयक लगायतका मुद्दामा सहमति जुटाउने प्रयासस्वरुप दुई नेताबीच छलफलमा जुटेका हुन् । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि केही दिनअघि बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन टुंगिएको थियो ।

यसअघि बुधबार बसेको संवैधानिक परिषदको बैठकमा संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश नियुक्तिका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रस्ताव गरेपनि अध्यक्ष ओलीले असहमति प्रकट गर्दै संसदीय समितिको पूर्णता दिएर मात्रै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गर्नुपर्ने अडान राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !