काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।
संघीय संसद संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।
यस्तो छ आजको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची