७ असार २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड आज गोरखा र तनहुँ जाँदै


प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा र तनहुँ जिल्ला जाँदै छन् । उनी आज बिहान गोरखा प्रस्थान गर्ने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार सुरुमा उनी आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको जिल्ला गोरखा गएपछि तनहुँ जाने भएका हुन् ।

उनी गोरखाका विभिन्न कार्यक्रममा सहभागी भएपछि तनहुँ जाने कार्यक्रम रहेको हो । तनहुँमा उपनिर्वाचनका कार्यक्रम लगायतमा उनी सहभागी हुनेछन् ।

आज दिउँसो तनहुँ-१ मा हुने सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने छन् । तनहुँको डुम्रे बजारमा आज दिउँसो हुने चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि जाँदै छन् ।

गोरखा र तनहुँका कार्यक्रम सकेर प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !