७ असार २०८१, शुक्रबार

गृहमन्त्री श्रेष्ठ र विजय चौथाइवालेबीच भेटवार्ता


नारायणकाजी श्रेष्ठ र विजय चौथाइवाले

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज गृह मन्त्रालयमा भेटघाट भएको छ ।

नेकपा (माओवादी केन्द्र) का विदेश विभाग प्रमुख समेत रहेका श्रेष्ठ र चौथाइवालेबीच नेपाल-भारत द्वीपक्षीय विशिष्ट सम्बन्धलाई अझ अद्वितीय बनाउनेबारे गम्भीर छलफल भएको थियो ।

सार्वभौम समानता, पारस्परिक लाभ र एकअर्काको राष्ट्रिय हितको रक्षा गरेर नै सम्बन्धलाई अद्वितीय बनाउन सकिनेमा दुबैको जोड थियो । कालपानी, लिम्पियाधुरा, लिपुलेक लगायतका सीमा विवाद, असमान सन्धि-सम्झौताहरू जस्ता इतिहासले छाडेका समस्यालाई राजनीतिक र प्राविधिक तरिकाबाट समाधान गरेर अगाडि बढ्नुपर्नेमा समेत दुबैको समान धारणा थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !