७ असार २०८१, शुक्रबार

मिटरब्याज पीडितले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा


मिटरब्याज पीडित प्रदर्शन

काठमाडौँ । मिटरब्याज पीडितहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग मागेका छन् । मिटरब्याज पीडितले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् ।

हिजो सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट मिटरब्याज पीडितहरु घाइते भएका थिए भने कतिपय पक्राउ परेका थिए । उनीहरुले आज मंगलबार दिउँसो गृहमन्त्री श्रेष्ठविरुद्ध चर्का नाराबाजी लगाउँदै काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन् ।

आफूहरुको माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी लगाएर दमन गरेको उनीहरुले आरोप लगाएका छन् । शान्तिपूर्ण आन्दोलनमा रहेका आफूहरुलाई सरकारले दमन गरेको भन्दै मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले आपत्ति प्रकट गरे ।

उनले आफूहरुको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए । मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले बनाएको छानबिन समितिले कम गर्न नसकेको उनीहरुको गुनासो रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !