
काठमाडौँ । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आज मंगलबार दिउँसो २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।
बैठक विशेष कारणबस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठकको मिति अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ ।
यस्तो छ संसद सचिवालयले निकालेको सूचना