काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । मन्त्रिपरिषदको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न ४ बजे बस्ने भएको हो ।
आज बस्ने मन्त्रिपरिषद्को बैठक नियमित हो । यसअघि मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको थिय । यसलाई परिवर्तन गरेर हप्ताको एकदिन मंगलबार मात्रै मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक अब मंगलबार मात्रै बस्ने भएको छ । यसअघि हप्ताको दुई दिन बस्दै आएको मन्त्रिपरिषद्को नियमित बैठक अब एक दिनमात्रै बस्ने भएको हो । यद्यपि आवश्यक परेमा जुनसुकै बार पनि मन्त्रिपरिषद्को बैठक बस्न भने सक्छ ।