६ जेष्ठ २०८१, आइतबार

एउटै गाडी चढेर ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड र देउवा


बालकोट पुगे प्रचण्ड र देउवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओलीको निजी निवास बालकोट पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा एउटै गाडी चढेर ओली निवास बालकोट पुगेका हुन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, कांग्रेस नेता रमेश लेखक लगायतका नेता पनि बालकोट पुगेका छन् ।

ओली निवास बालकोटमा नेताहरुले संसदमा टीआरसी र संसदीय समितिमा सहमति खोज्ने गरी छलफलमा जुटेका हुन् । छलफलका लागि तीन प्रमुख राजनीतिक दलका सचेतकहरु पनि बालकोटमा पुगेका छन् ।

प्रधानमन्त्रीको सचिवालयकाअनुसार सभामुख घिमिरेसहित शीर्ष तीन नेताबीच विधेयक अघि बढाउने समझदारीका लागि छलफल सुरु भएको हो । विगत केहि दिनदेखि संबैधानिक परिषद् सम्वन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरू बीच छलफल भइरहेको छ ।

यो बीचमा ३ दिनयता एमालेका अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या भइ छलफल अवरुद्ध हुन पुगेकोले आज बिहान प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री देउवासमेत ओली निवास बालकोट पुगेर स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल सुरु गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !