६ जेष्ठ २०८१, आइतबार

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा देखियो समस्या


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ । भाइरल ज्वरोका कारण स्वास्थ्यमा केही समस्या देखिएको अध्यक्ष ओलीले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

स्वास्थ्यमा समस्या आएपछि वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागी हुन नसकेको पनि बताएका छन् ।स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा सबैलाई भेट्न आउने बताउँदै तीनैजना उम्मेदवाारहरुलाई विजयको शुभकामना दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘सबैलाई नमस्कार ! भाईरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागि हुन सकिरहेको छैन । तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं । तपाईंहरुको प्रतिनिधित्वका लागि उहाँहरु योग्य उम्मेदवार हुनुहुन्छ । उहाँहरुलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाताहरु समक्ष म विनम्र आग्रह गर्दछु । स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरुलाई भेट्न आउने नै छु । तीनैजना उम्मेदवाारहरुलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु