१२ असार २०८१, बुधबार

नेकपा एसकी नन्दा चपाई भौतिक राज्यमन्त्री नियुक्त, उनले पनि लिइन् सपथ


नन्दा चपाई

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) की सांसद नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चपाईलाई भौतिक राज्यमन्त्री नियुक्त गरेका हुन् ।

राष्ट्रियसभा सदस्य समेत रहेकी नवनियुक्त भौतिक राज्यमन्त्री चपाईले पनि सपथ समेत लिएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री प्रचण्डले नवनियुक्त भौतिक राज्यमन्त्री चपाईलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

एकीकृत समाजवादी पार्टीबाट यसअघि दुई जना मन्त्रीहरु सरकारमा रहेकोले आज थप एक राज्यमन्त्री थपिएकी हुन् । प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री र डा. बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री रहेका छन् ।

यस्तै आजै मात्र नेपाली कांग्रेसका सांसद एवं केन्द्रीय सदस्य एनपी (नारायणप्रसाद) साउद परराष्ट्रमन्त्री नियुक्त भएर शपथ पनि लिइसकेका छन् । प्रधानमन्त्री प्रचण्डले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

यो पनि पढ्नुहोस्

काँग्रेसका एनपी साउद परराष्ट्रमन्त्री नियुक्त, आजै लिए सपथ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !