२१ बैशाख २०८१, शुक्रबार

एमाले फेरि संसद् विघटनको दाउमा छ : अध्यक्ष नेपाल


माधव नेपाल फाइल फोटो

इनरुवा । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) फेरि संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन् ।

आज बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीसँगको भेटमा नेपालले एमाले संसद विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको दावी गरेका हुन् । अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने पनि समेत बताए ।

संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने उनको भनाइ थियो । एमालेसँगको एकताको सम्भावनाका बारेमा नेपालले मन र विचार मिल्नेहरुसँग बहस र छलफल गर्न तयार रहेपनि एमालेका अध्यक्ष केपी शर्मा ओली भएसम्म एकताको सम्भावना नरहेको पनि स्पष्ट पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !