२४ बैशाख २०८१, सोमबार

बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, काँग्रेसका दुई जना लामा मन्त्री बन्दै


बहादुरसिंह लामा र तीर्थ लामा

हेटौडा । बागमती प्रदेशको मन्त्रिपरिषद् आज विस्तार हुने भएको छ । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएकोले मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुरसिंह लामा तथा अर्का सांसद तीर्थ लामा सरकारमा मन्त्रीको रुपमा सहभागी हुने भएका हुन् । आजै साँझ उनीहरुलाई मन्त्री नियुक्त गरेर सपथ खुवाउने तयारीमा रहेको छ ।

स्रोतका अनुसार बहादुरसिंहले आर्थिक मामिला तथा योजना मन्त्रालय तथा तीर्थले खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय पाउने भएका छन् । मन्त्रीहरुको आजै साँझ साढे ६ बजे सपथग्रहण हुने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !