१२ असार २०८१, बुधबार

कर्णाली सरकारबाट बाहिरियो एमाले, तीन मन्त्रीले दिए सामूहिक राजीनामा


तीन मन्त्रीले दिए सामूहिक राजीनामा

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । कर्णाली प्रदेश सरकारमा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर राजीनामा बुझाएका हुन् ।

कर्णाली प्रदेशमा सुरूमा एमाले र माओवादीबीच आलोपालोमा मुख्यमन्त्री चलाउने सहमति भएर शर्मा मुख्यमन्त्री बनेका थिए । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कर्णाली पनि काँग्रेस सरकारमा जाने भएपछि एमाले सरकारबाट बाहिरिएको हो ।

गत पुस २७ गते एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता शर्मा मुख्यमन्त्री नियुक्त भएपछि उनले विश्वासको मत पाएपछि मन्त्रिपरिद्लाई पूर्णता दिएका थिए ।

अब एमाले बाहिरिएसँगै नयाँ समीकरण अनुसार काँग्रेस सरकारमा जाने भएकोले नयाँ सरकार गठनको बाटो खुलेको छ । ४० सदस्यीय कर्णली प्रदेश सभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र स्वतन्त्र १ र १ सांसद रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !