
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन् । काठमाडौं महानगरका मेयर साहले देशको प्रमुख प्रशासनिक अखडा सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका हुन् ।
मेयर शाहले आज बिहान सामाजिक संजाल फेसबुकमा लेख्दै साच्चिकै देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताए ।
उनले उपत्यकाको फोहोर नुवाकोट र धादिङमा व्यवस्थापनका लागि संघीय सरकार र तिनका निकायले असहयोग गरेको भन्दै मेयर साहले यस्तो घोषणा गरेका हुन् ।
साह मेयरले धादिङको बन्चरेडाँडा र नुवाकोटको सिसडोलमा फोहोर फ्याँक्ने काममा स्थानीय दलका कार्यकर्ताले फेरि पनि अवरोध गर्न सुरू गरेकोले यस्तो आक्रोश व्यक्त गरेका हुन् ।
मेयर साहले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’