२ जेष्ठ २०८१, बुधबार

उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा बहस गर्न ओलीको आग्रह


केपी शर्मा ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह गरेका छन् ।

आज बिहीबार बिहान फेसबुकमा लेख्दै अध्यक्ष ओलीले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा रहेर बहस गर्न आग्रह गरेका हुन् ।

ओलीले वैशाख १० को उपचुनावका लागि धेरैजसो उम्मेदवारहरू नयाँ र युवा अनुहार देखिएको भन्दै खुसीको कुरा भएको बताएका छन् । उनले लेखेका छन्, ‘वैशाख १० गते उपनिर्वाचनमा भाग लिने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुँदैछ। धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो ।’

चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवारलाई ओलीले शुभकामना दिंदै उनले लेखेका छन्, ‘मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन । अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेन्डा केन्द्रित बनाउनै पर्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !