तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नम्वर १ मा नेपाली काँग्रेसका गोविन्द्र भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर भट्टराईले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ रहेका छन् । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज चैत २० गते सोमबार भट्टराईको उम्मेदवारको मनोनयनपत्र दर्ता भएको हो ।
उक्त निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अर्थविद् डा. स्वर्णीम वाग्ले उम्मेदवार बनेका छन् । गत मंसीर ४ गतेको आम निर्वाचनमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ-१ का लागि उपनिर्वाचन हुन लागेको हो ।