१२ श्रावण २०८१, शनिबार

तनहुँ-१ मा एमालेका सर्वेन्द्र खनालद्वारा उम्मेदवारी दर्ता


सर्वेन्द्र खनाल

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा (एमाले) का सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर पूर्वआईजीपी समेत रहेका खनालले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना रहेका छन् । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज चैत २० गते सोमबार खनालको उम्मेदवारको मनोनयनपत्र दर्ता भएको हो ।

उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अर्थविद् डा. स्वर्णीम वाग्ले उम्मेदवार बनेका छन् । गत मंसीर ४ गतेको आम निर्वाचनमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ-१ का लागि उपनिर्वाचन हुन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !