![प्रतिनिधिसभा](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2023/03/Parliament_Samsad-Baithak3425-2.jpg?fit=1024%2C683&ssl=1)
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गर्ने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सभापति चित्रबहादुर केसीले उक्त मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
उक्त नियमावली मस्यौदा समितिको प्रतिवेदन दफावार छलफलपछि पारित गरिनेछ ।