१८ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, को कुन मन्त्री बने ?


प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई मिलाएर आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज शुक्रबार शपथ लिने मन्त्रीहरुको टुंगो लगाएका हुन् । यद्यपि केही मन्त्रालय र व्यक्तिबारे अझै छलफल जारी रहेकोले अन्तिम रुप दिएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी रहेको छ ।

नेपाली काँग्रेसबाट को-को बने मन्त्री ?

प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाको सिफारिसमा चार जना सांसद मन्त्री बन्ने भएका छन् ।

पूर्णबहादुर खड्का – उपप्रधान तथा रक्षामन्त्री

डा. प्रकाशशरण महत – अर्थमन्त्री

रमेश रिजाल – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री

सीता गुरुङ – शहरी विकासमन्त्री

जसपाबाट को बने मन्त्री ?

प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको सिफारिसमा एक जना सांसद मन्त्री बन्ने भएका छन्  ।

अशोक राई – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री

एकीकृत समाजवादीबाट को-को बने मन्त्री ?

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीको सिफारिसमा दुई जना सांसद मन्त्री बन्ने भएका छन् । ।

बेदुराम भुसाल – कृषि तथा पशुपक्षी विकासमन्त्री

प्रकाश ज्वाला – भौतिक पूर्वाधार तथा यातायातमन्त्री

माओवादी केन्द्रबाट को-को बने मन्त्री ?

शक्ति बस्नेत – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री

नारायणकाजी श्रेष्ठ – उपप्रधानमन्त्री एवं गृहमन्त्री (भौतिक पूर्वाधारमन्त्रीबाट गृहमन्त्री – जिम्मेवारी हेरफेर)

रेखा शर्मा – सञ्चार तथा सूचना प्रविधिमन्त्री (निरन्तरता)

सुदन किराती – पर्यटन तथा नागरिक उड्डयनमन्त्री (निरन्तरता)

अमनलाल मोदी – संघीय मामिला तथा समान्य प्रशासनमन्त्री (निरन्तरता)

लोसपाबाट को बने मन्त्री ?

शरदसिंह भण्डारी – श्रम तथा रोजगारमन्त्री

नागरिक उन्मुक्ति पार्टीबाट को बने मन्त्री ?

रञ्जिता श्रेष्ठ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री

नेपाल समाजवादी पार्टीबाट को बने मन्त्री ?

महिन्द्र राय यादव – महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !