२१ असार २०८१, शुक्रबार

प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित


प्रतिनिधिसभा

काठमाडौँ । प्रतिनिधिसभाले सविधानसभा सदस्य गणेशप्रसाद विमलीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बैठकमा राखेको उक्त शोक प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा उनको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौनधारण गर्नाका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको थियो ।

नेपाली कांग्रेसबाट विस २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यका रुपमा निर्वाचित भई संविधान निर्माणमा उहाँले अतुलनीय योगदान पुर्याएका थिए ।

लोकतान्त्रिक आन्दोलनहरूमा सदैव सक्रिय भूमिका निर्वाह गरेका एवं शालीन र सरल व्यक्तिका रुपमा परिचित विमलीको ७४ वर्षको उमेरमा यही चैत ७ गते मङ्गलबार निधन भएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही चैत १५ गते दिउँसो १ बजे बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !